डोनाल्ड ट्रम्पले जितेपछिको अमेरिका


प्रकाशित मिति : कार्तिक २६, २०७३ शुक्रबार

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकामा घृणा र विभेदका घटनाहरु भएका छन् । एकजना अश्वेत महिलालाई बसको पछाडि गएर बस्न भनिएको छ भने स्कुलमा पढ्ने बालबालिकाहरुले उनीहरुका हिस्पानिक सहपाठीहरुलाई मेक्सिको फर्कन भनेका छन् । त्यस्तै दुइजना व्यक्तिले एकजना मुस्लिम महिलाले हिजाब (टाउकोमा लगाएको  कपडा ) जबर्जस्ती तानेर हटाइदिएका छन् ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भइसकेपछि आफूहरुले घृणाका अपराध भोग्नुपरेको र घृणाका बोली सुन्नुपरेको सामाजिक सञ्जालमा शेयर गरिएको छ ।
क्यालिफोर्निया निवासी एकजना फोटोग्राफर मनिक आरले आफू विहानै ग्यास स्टेशनमा गएको बखत केही व्यक्तिले आफूलाई ‘तेरो देश फर्क’ भन्दै चिच्याएको ट्वीटरमा शेयर गरेका छन् ।

त्यस्तै सीबीएसका नर्थ क्यारोलिनाका रिपोर्टर डेरिक लिउले एउटा तस्विर सार्वजनिक गरेका छन्, जसमा भित्तामा ‘अश्वेतहरुको न जीवनको कुनै मतलव छ, न त उनीहरुको भोट नै’ भनेर लेखिएको छ ।

यो बाहेक ट्रम्प निर्वाचित भएलगत्तै अमेरिकामा अन्य केही घृणाका घटना यस्ता छन् ।

#डोनाल्डट्रम्प #अमेरिकीराष्ट्रपति #अमेरिका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com