सुनिता श्रेष्ठको मृगौला प्रत्यारोपणमा आर्थिक अभाव, सहयोगको अपिल
प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार
अमेरिकाको न्युयोर्क निवासी सामाजिक कार्यकर्ता अमृत श्रेष्ठकी भाउजु सुनिता श्रेष्ठको मृगौला प्रत्यारोपणका लागि आर्थिक संकलन अभियान संचालन गरिएको छ । ५ हजार डलरको लक्ष्यसहित सुरु गरिएको अभियानमा अहिलेसम्म झण्डै २ हजार डलर संकलन भइसकेको छ ।
मृगौला प्रत्यारोपणका क्रममा लाखौं रुपैया खर्च भइसकेको र भारतमा मृगौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएका कारण आर्थिक संकलन अभियान संचालन गरिएको प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव राधाकृष्ण देउजाले जानकारी दिनुभयो । आर्थिक संकलनपछि उहाँको भारतमा मृगौला प्रत्यारोपण गरिने जनाइएको छ ।
मृगौला रोगबिरुद्ध लडिरहनुभएकी सुनिता श्रेष्ठको जीवन वचाउने काममा सहयोग गर्न सबैसँग अपिल समेत गरिएको छ । श्रेष्ठको स्थायी घर बुटवल हो ।