तेश्रो नेपाल डे परेड २०१८ को आयव्यय सार्वजनिक
प्रकाशित मिति : भाद्र १३, २०७५ बुधबार
तेश्रो नेपाल डे परेड २०१८ को आयव्यय सार्वजनिक गरिएको छ । परेड तदर्थ समितिले प्रेस बिज्ञप्ती जारी गर्दै आम्दानी खर्च सार्वजनिक गरेको हो ।
तदर्थ समिति संयोजक तथा एनआरएनए न्यूर्योक च्याप्टर अध्यक्ष रामहरि अधिकारीले जारी गरेको बिज्ञप्ती अनुसार परेड सम्पन्न गर्दा तदर्थ समितिको तर्फबाट १७ हजार ५ सय २४ डलर खर्च भएको र १४ हजार ६ सय ५५ डलर आम्दानी भएको देखाइएको छ ।
यस्तै परेड सम्पन्न गर्दा एनआरएनएको तर्फबाट २ हजार ६ सय ९७ डलर आम्दानी र त्यती नै खर्च भएको जनाइएको छ । बिज्ञप्ती अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरिएको छ ।
बिभिन्न कठिनाईका बावजुत कार्यक्रम सम्पन्न भएको र अबको परेडमा सबै निकायसंग छलफल गरि भव्य बनाउनका लागि छिट्टै टाउन हल मिटिङ बोलाएर त्यस बारेमा बाँकी निर्णय गरिने बिज्ञप्तीमा उल्लेख छ । आयव्यय बारेमा केही जानकारी लिनु परेमा परेड कन्भेनर रविकिरण कोइरालासंग सम्पर्क गर्न सकिने बिज्ञप्तीमा उल्लेख छ ।
प्रेस बिज्ञप्ती
तेश्रो नेपाल डे परेड २०१८ का सम्वन्धमा
आदरणिय गैरआवासिय नेपाली दाजुभाई तथा दिदी बहिनिहरु,
प्रवासमा नेपाली पहिचानलाई जीवन्तता दिने, नेपाली भेषभुषा, सस्कृति एवं गरिमालाई विश्वकै विविधताको परिचयक महानगरी न्यूर्योक शहरमा नेपाल डे परेडले तेश्रो आयाम पुरा गरेको कुरा यहाँहरु सबैलाई सर्वविदित नै छ ।
मे २०, २०१८ मा सम्पन्न कार्यक्रममा एनआरएनए न्यूयोर्क च्याप्टरले संयोजनकारी भुमिका निर्वाह गरेको र नेपाल डे परेड २०१८ संचालन तदर्थ समितिको आयोजनामा न्यूयोर्कस्थित बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै सम्पन्न भएको र सो कार्यमा सहयोग पुराउनुहुने सम्पूर्ण सामाजिक अभियान्ता, समाजसेवी, वुद्धिजिवि, व्यवसायी, पत्रकार एवं तमाम नेपाली मनहरु जसले सो कार्य सम्पादनमा अतुलनिय सहयोग पुराउनु भएको छ, आयोजक कमिटि एवं संयोजक कमिटिको तर्फबाट हार्दीक धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्न चाहन्छु । सामाजिक अन्यौलताका कारण पनि नेपाल डे परेड २०१८ मा धेरै साथीहरु समावेश हुन नसक्नु भएको कुरालाई आत्मसाथ गरिएको छ । व्यवहारिक कठिनाई र समस्याको समाधान गर्दै राष्ट्यि र सामुहिक महत्वको बिषयमा एनआरएनए नेपाली मात्रको साझा संस्था रहेको हुँदा गोलवन्द भई समाजलाई अग्रगामी दिशानिर्देश गर्न सहयोग पुराउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।
नेपाल डे परेड २०१८ को आय व्यय विबरण कार्यक्रम परेड सकिएको एक महिना भित्रनै सार्वजनिक गरिनेछ भन्ने हाम्रो प्रतिवद्धता रहेको थियो । नेपाल डे परेड २०१८ तदर्थ समितिमा प्रस्तुत आर्थिक प्रतिवेदन प्रकृयागत रुपमा नेपाल डे परेड २०१८ स्टेरिङ कमिटिमा पेश गरी छलफल गर्ने र त्यसलाई प्रेस बिज्ञप्ती मार्फत सार्वजनिक गर्ने तदर्थ समितिको निर्णय बमोजिम मिति अगष्ट १८, २०१८ मा मिटिङ बोलाइएको कुरा जानकारीका लागि अनुरोध गरिन्छ । हामीले बिगतमा सार्वजनिक रुपले जाहेर गरेको आर्थिक पारर्दशितालाई मध्यनजर गर्दै कन्भेनर रविकिरण कोइरालाले पेश गर्नु भएको खर्च विबरण उपस्थित तदर्थ समितिका सदस्य ज्यूहरु र स्टेरिङ कमिटिका सदस्य ज्यूहरुको सर्वसम्मत निर्णयबाट निम्न अनुसारको आर्थिक प्रतिवेदन अनुमोदन गरेको थियो । अनुमोदित खर्च विबरणमा एनआरएनएको खर्च समेत समावेश गरि सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी गराउन चाहन्छु । प्रस्तुत आर्थिक प्रतिवेदन सम्वन्धी केही जिज्ञासा भएमा तदर्थ समिती वा तेश्रो नेपाल डे परेड २०१८ का कन्भेनर श्री रविकिरण कोइरालासंग सम्पर्क गर्नुहुन समेत बिनम्र अनुरोध गर्दछु ।
चौथो नेपाल डे परेड २०१९ लाई कसरी अगाडि बढाउने भन्ने सन्र्दभमा बृहत टाउन हल मिटिङबाट छलफल गरि टाउन हल मिटिङको निर्णय बमोजिम अगाडि बढ्ने र टाउन हल मिटिङको मिति, समय र स्थान भने नेपाल डे परेड २०१८ तदर्थ समितिको आगामी सेप्टेम्बर ८, २०१८ मा बस्ने बैठकले निर्धारण गर्ने कुरा जानकारी गराउन चाहन्छु । अन्तत तेश्रो नेपाल डे परेड बिभिन्न कठिनाईका वाबजुत निरन्तरता पाउन सकेकोमा खुसी व्यक्त गर्दै भविश्यमा हुने नेपाल डे परेडमा सम्पूर्ण नेपालीहरु गोलवन्द हुन सक्ने वातावरणको सृजना गरौं । बिविधतामा एकता नै हाम्रो बल हो भन्ने तथ्यलाई मनन गर्दै सम्पूर्ण संघ सस्था एवं गैरआवासिय नेपाली समुदायलाई समेटेर समग्रमा राष्ट्यि पहिचान, सामुहिक हित र भावी पिढीका लागि अनुकरिणय, दिगो र जिवन्त नेपाली पहिचान हस्तान्तरण गर्न सकौं । सो कार्यकालागि हामी सबैको योगदान अपरिहार्य रहन्छ ।
भवदिय
रामहरि अधिकारी
संयोजक
तदर्थ समिति नेपाल डे परेड २०१८
च्याप्टर अध्यक्ष
एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर
BALANCE SHEET FOR NEPAL DAY PARADE 2018
S.N. Income Amount Expenses Amount
01. Savings from 2016/017 $14,655.11 Float Trucks 2200.00
02. – – Float Material 461.50
03. – – Sound on the Run 2000.00
04. – – NDP T-Shirts 1000.00
05. – – Print & Design 3207.75
06. – – Food 2587.01
07. – – US Flags 189.00
08. – – Nepali Flags 175.00
09. – – Home Depot 317.20
10. – – Flags & Courier 200.00
11. – – Water 605.00
12. – – Transportation 431.73
13. – – Portable Toilets 450.00
14. – – Moktan Digital 1000.00
15. – – DJ Jangbu 500.00
16. – – Video Promo 300.00
17. – – Paper Advertisements 1000.00
18. – – Photography 800.00
19. – – Frame Design 100.00
Total Income $14,655.11 Total Expenses $17524.19
Net Loss/Profit (2869.08)
NRNA BALANCE SHEET FOR NEPAL DAY PARADE 2018
S.N. NRNA Income Amount NRNA Expenses Amount
01. DR Keshab Paudel 350.00 Banners and Ribbon 805.00
02. Gouri R Joshi 250.00 Float Trucks 1400.00
03. Suneel Sah 300.00 Food 392.00
04. Gopendra Bhattarai 250.00 Transportation & other 100.00
05. Dharma Raj Adhikari AUS. $150
06. Nabin Sherchan 100.00
07. Babu Ram (BR) lama 100.00
08. Bandana Koirala 100.00
09. Goma Sen 100.00
10. Hom Gautam 100.00
11. Sanjay Thapa. 100.00
12. Ang Ngima G Sherpa. 100.00
13. Ram Hari Adhikari 100.00
14. Mahesh Khadka 100.00
15. Kanchan KC 100.00
16. Begam Pandit 100.00
17. Prem K Rai 100.00
18. Balram Shrestha 100.00
19. Gopal Gurung 100.00
20. Reemaya Nepali 42.00
Total Income $2697.00 Total Expenses $2697.00
Net Loss/Profit 0.00