चाइनिज सेटेलाइटबाट खिचियो २५ बिलियन पिक्सलको फोटो, पैदलयात्रीको अनुहारसमेत चिन्न सकिने
प्रकाशित मिति : पुस ३, २०७५ मंगलबार
चाइनिज सेटेलाइटबाट २४ दशमलव ९ बिलियन पिक्सलको तस्वीर खिचिएको छ । जुन तस्वीरमा पैदलयात्रीहरुको अनुहार स्पष्ट हेर्न सकिन्छ ।
पैदलयात्रीको अनुहारमात्र होइन, उनीहरुको हाउभाउ समेत स्पष्ट हेर्न सकिने गरी उक्त तस्वीर खिचिएको छ । क्वान्टम प्रविधिबाट उक्त तस्वीर खिचिएको जनाइएको छ ।
स्याटेलाइटबाट खिचिएको सांघाईको उक्त तस्वीरमा फोटोलाई दायाबाया र तलमाथि चलाएर समेत हेर्न सकिन्छ । यसलाई चीनको शैन्य विज्ञान र प्रविधिको पछिल्लो विकाशका रुपमा हेरिएको छ ।