पूर्वराजाको वक्तव्यबारे मन्त्रिपरिषद्मा सचेतनापूर्ण छलफल
प्रकाशित मिति : पुस ९, २०७३ शनिबार
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहले हालै जारी गरेको प्रेस लिएर मन्त्रिपरिषदमा सचेतनापूर्ण ढंगले छलफल भएको बताउनुभएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा मन्त्री लेखकले मन्त्रिपरिषद बैठकमा उक्त प्रेस वक्तव्यलाई लिएर कुनै आधिकारिक निर्णय नभएपनि त्यसबारेमा बडो सचेतनापूर्ण रुपमा छलफल भएको बताउनुभएको हो । मन्त्री लेखकले सरकारले संविधान कार्यान्वयनको लागि नै संविधान संशोधन प्रस्ताव ल्याएको उल्लेख गर्नुभयो । मन्त्री लेखकले संसद अवरुद्ध गरेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राम्रो काम नगरेको आरोप पनि लगाउनुभयो । मन्त्री लेखकले सरकारले ल्याएको संशोधन प्रस्तावमा प्रमुख प्रतिपक्षी दलले विरोध गर्नुको कुनै तुक नरहेको समेत जिकिर गनुृभयो ।
फरक प्रसंगमा उहा“ले सरकारले काठमाडौं–तराई द्रुत मार्ग निर्माणको लागि कार्यदल गठन गरिसकेको बताउनुभयो । त्यस्तै उहा“ले सरकारले हुलाकी सडक निर्माण कार्य पनि अघि बढाईसकेको जनाउनुभयो ।
उहा“ले यातायात व्यवस्थाको सुधारका लागि आफू गम्भिर रहेको उल्लेख गर्दै हाल चालक अनुमतिपत्र लिन देखिएको समस्या समाधानका लागि आफूले पहलकदमी लिएको बताउनुभयो ।