अमेरिकी सरकार शटडाउनमा देशनिकाला भने जारी, ४०० अध्यागमन न्यायाधिस विदामा
प्रकाशित मिति : पुस २१, २०७५ शनिबार
अमेरिकी सरकार शटडाउनका बेलामा पनि अध्यागमन अदालतहरु देशनिकाला भने जारी रहेको छ । अमेरिकी सरकार शटडाउन भएको दुईसाता वितिसक्दा अधिकांश अध्यागमन अदालतहरु बन्द रहेकाले कैयन मुद्दाहरु अनिश्चितकालका लागि स्थगित भएका छन् ।
अध्यागमन न्यायाधिसहरु विदामा रहेपनि झण्डै १६ हजार आइसका अधिकारीहरुले भने देशनिकालालाई जारी राख्न तत्कालका लागि वेतलवी रुपमा नै काम गरिरहेका छन् । अमेरिकी सरकार शटडाउन भएयता आइसले आप्रवासीहरुलाई देशनिकाला गर्न लगातार विमानहरु चार्टड गरिरहेको छ ।
सरकार शटडाउनका बेलामा मुद्दाहरु कसरी अगाडि बढिरहेको छ भन्ने सन्दर्भमा वकिलहरुलाई समेत स्पष्ट जानकारी हुन नसकेको सन्दर्भमा आइसले भने मौकाको फाइदा उठाइरहेको छ । अमेरिकी सरकार शटडाउन भएको पाँचदिनपछि डिसेम्बर २६ मा ४०० अध्यागमन न्यायाधिसहरुले विदामा बस्नका लागि सरकारबाट सुचना पाएका थिए ।
केही न्यायाधिसहरुलाई भने थुनामा रहेका आप्रवासीहरुको सुनुवाई जारी राख्नका लागि काममा बोलाइएको छ । थुनामा नरहेका आप्रवासीहरुको मुद्दाहरु भने सन् २०२० वा त्यो भन्दा पछिका लागि सुनुवाई तोकिने सम्भावना रहेको कानुन व्यवसायीहरुले जनाएका छन् ।