‘अमेरिकाको परिचय स्वतन्त्रताको प्रतिक हो, ३० फुट अग्लो पर्खाल होइन’
प्रकाशित मिति : पुस २५, २०७५ बुधबार
सिनेटमा डेमोक्रेटिक नेता चक शुमर र प्रतिनिधिसभा सभामुख न्यान्सी पेलोसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको ह्वाइटहाउसबाट गरेको राष्ट्रिय सम्बोधनको तात्तातो जवाफ दिएका छन् । उनीहरुले प्रभावहीन र अनावश्यक पर्खाल निर्माणका लागि मेक्सिकोलाई तिराउन नसकेपछि सरकार शटडाउन जारी राखेको भन्दै ट्रम्पको आलोचना गरेका छन् ।
सिनेटर चक शुमरले अमेरिकाको सिम्बोल ३० फुटको पर्खाल नभई स्ट्याचु अफ लिबर्टी रहेको बताउदै ट्रम्पको पर्खाल निर्माणको योजनाको आलोचना गरेका छन् । त्यस्तै अमेरिकन करदाताहरुलाई पर्खाल निर्माणको रकम तिराउनका लागि ट्रम्पले सरकार खुलाउनका लागि हाउसबाट पारित गरिएका विधयेकहरु समेत अस्वीकार गरेको पेलोसीले आरोप लगाएकी छिन् ।
सिमाक्षेत्रबाट महिला र बालबालिकाहरु शरण खोज्दै अमेरिका आउनु अमेरिकाको लागि सुरक्षा चुनौती नभई मानवीय चुनौती रहेको पेलोसीको भनाई छ । झण्डै ८ मिनेट लामो सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमानामा पर्खाल निर्माणका लागि बजेटको माग गरेका थिए ।
पूरै भिडियो यहाँ हेर्नुहोला ।