ट्रम्पले पुन दिए संकटकाल लगाउनसक्ने चेतावनी


प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमानामा पर्खाल निर्माणका लागि बजेट विनियोजन नभए संकटकाल लगाएर भएपनि पर्खाल निर्माण गर्ने चेतावनी दोहोर्याएका छन् । मंगलबार राती राष्ट्रका नाममा सम्बोधन गरे लगत्तै ट्रम्पले बुधबार पुन यस्तो चेतावनी दिएका हुन् ।

उनले संसदीय अनुमति बेगर नै सिमानामा पर्खाल लगाउनका लागि संकटकाल लगाउन सक्ने अधिकार आफूसँग सुरक्षित रहेको बताएका छन् । संकटकाल लगाउनसक्नेबारे पत्रकारको प्रश्नको जवाफ दिदै ट्रम्पले भने – ‘मलाई लाग्छ हामीले पर्खाल निर्माणका विषयमा सहमति कायम गर्नेछौं । म सहमतिकै बाटोबाट अगाडि बढ्नेछु । तर मैले चाहेको खण्डमा मसँग राष्ट्रिय संकटकाल घोषणा गर्नसक्ने अधिकार छ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले सिमानामा पर्खाल निर्माणका लागि ५ दशमलव ७ बिलियन डलर नछुट्याइएको कुनै पनि विधयेक हस्ताक्षर नगर्ने अडान लिएका छन् । पर्खाल निर्माणका लागि बजेटको विषयलाई लिएर भएको विवादका कारण खर्च विधयेक पारित हुन नसक्दा डिसेम्बर २२ पछि अमेरिकी सरकार शटडाउन रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com