ट्रम्पको बार्षिक ‘विशेष सम्बोधन’ स्थगित


प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्टेट अफ द युनियन सम्बोधन अमेरिकी सरकार शटडाउन अन्त्य नभएसम्मका लागि स्थगित गरेका छन् । आगामी मंगलबार प्रतिनिधिसभाको च्याम्बरबाट स्टेट अफ द युनियन सम्बोधन गर्ने बताएका ट्रम्पले बुधबार राती अबेर शटडाउन अन्त्य नभएसम्मका लागि सम्बोधन स्थगित गरेको बताएका हुन् ।

हाउस स्पीकर न्यान्सी पेलोसीले शटडाउन अन्त्य नभएसम्म प्रतिनिधिसभाको च्याम्बरबाट स्टेट अफ द युनियन सम्बोधन सम्भव नभएको भन्दै ट्रम्पलाई वैकल्पिक स्थान खोज्न सुझाव दिएकी थिइन् । तर ट्रम्पले आफूले सम्बोधनका लागि वैकल्पिक स्थान नखोजेको तथा इतिहास, परम्परा र हाउस च्याम्बरसँग प्रतिस्पर्धा गर्ने कुनै स्थान नभएको बताएका छन् ।

स्टेट अफ द युनियन अमेरिकी राष्ट्रपतिको विशेष बार्षिक सम्बोधन हो । अमेरिकी राष्ट्रपतिले संयुक्त सभामा यस्तो सम्बोधन गर्दै आएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com