अप्रिल २ देखि गुगल प्लस बन्द हुने


प्रकाशित मिति : माघ १९, २०७५ शनिबार

आगामी अप्रिल २ देखि गुगल प्लस बन्द हुने भएको छ । आगामी अगस्तमा बन्द हुने बताइएको गुगल प्लस चारमहिना अगाडि नै अप्रिलमा बन्द हुने भएको छ ।

गत डिसेम्बरमा गुगलले सामाजिक सञ्जाल गुगल प्लस बन्द गर्ने घोषणा गरेको थियो । प्रयोगकर्ताको कमी र सेवाग्राहीहरुको चाहना पूरा गर्न नसकेका कारण गुगल प्लस बन्द गर्न लागिएको गुगलले जनाएको छ ।

गुगल प्लसले आफ्ना ५ करोड प्रयोगकर्ताका तथ्यांकहरु संरक्षित गर्न नसकेपछि बन्द गर्न लागेको जनाइएकोछ ।

अप्रिल २ मा गुगल प्लसमा बनाइएका पेजहरु बन्द हुने भएकाले प्रयोगकर्ताहरुलाई आफ्ना तस्वीरहरु डाउनलोड गरेर सेभ गर्न सुझाव दिइएको छ ।

यो लिंकमा क्लीक गरेर तपाईले आफ्नो गुगल प्लसमा भएका तस्वीर र डाटाहरु डाउनलोड गर्न सक्नुहुनेछ ।

गुगल फोटोमा राखिएका फोटो र भिडियोहरु भने डिलिट नहुने बताइएको छ । फरबरी ४ देखि गुगल प्लसमा नयाँ खाता सृजना गर्न नपाइने भएको छ ।


खसोखास भिडियो

के हुँदैछ एनआरएन नागरिकता ? के पाउँदैछन् के गुमाउँदैछन् ?

जर्सी सिटी र इन्द्रावतीबीच भगिनी सम्बन्ध, एक्सचेन्ज प्लेसमा नेपालको झण्डा फहराइने

अमेरिकी अध्यागमनमा सन् २०१९ मा हुने मुख्य ५ परिवर्तन

बालबालिकामाथि हुनसक्ने यौनजन्य हिंशा कम गर्न अभिभावकले अपनाउनुपर्ने सावधानी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com