लण्डनमा पूर्ण रुपमा निको भए एचआईभी संक्रमित
प्रकाशित मिति : फाल्गुन २१, २०७५ मंगलबार
लण्डनमा एकजना एचआईभी संक्रमित पूर्णरुपमा निको भएका छन् । उक्त आश्चर्यजनक सफलताले एचआईभीको पूर्ण उपचार कठिन भएपनि सम्भव भएको सन्देश प्रवाह भएको छ ।
बोनम्यारो ट्रान्सप्लान्टबाट एचआईभीको उपचार सम्भव भएको जनाइएको छ । तर क्यान्सरका उपचारका लागि ट्रान्सप्लान्ट गरिएपनि त्यसबाट एचआईभीको उपचार सम्भव भएको वैज्ञानिकहरुले जनाएका छन् ।
यो घटनाबाट एचआईभीको उपचार केबल सपनामात्र नभएको पुष्टी भएको चिकित्सकले बताएका छन् । नयाँ बिरामीको नाम गोप्य राखिएको छ भने उसको नाम लण्डन बिरामीमा नामबाट चिनाइएको छ । यसअघि सन् २००७ मा बर्लिन बिरामीको पनि यसरी उपचार सम्भव भएको थियो ।