अमेरिकामा ८५ हजार कामदारभिसाबारे सरकारी मार्गनिर्देशन , अप्रिल १ अगाडिका आवेदन अस्वीकार
प्रकाशित मिति : चैत्र ५, २०७५ मंगलबार
अमेरिकी सरकारको युएससीआईएसले आर्थिक बर्ष २०२० का लागि जारी गरिने ८५ हजार कामदार भिसाबारे मार्गनिर्देशन जारी गरेको छ । युएससीआईएसले आर्थिक बर्ष २०२० का लागि अप्रिल १ बाट कामदार भिसाका आवेदनहरु स्वीकार्ने जनाएको छ ।
अप्रिल १ भन्दा अगाडि एचवान बी भिसाका आवेदनहरु पठाइएमा त्यस्ता आवेदनहरु अस्वीकार गरिने युएससीआईएसले प्रस्ट पारेको छ । आवेदनमा शीघ्र प्रकृयाका लागि आवेदनकले शीघ्र प्रकृयाका लागि अनुरोध गर्न सक्नेगरी दुईचरणमा आब्हान गरिने पनि युएससीआईएसले जनाएको छ ।
यो बर्षदेखि अमेरिकाको कामदार भिसामा केही परिवर्तनहरुसमेत गरिएका छन् । विगतमा अमेरिकी डिग्री होल्डरले सहभागिता जनाउन नपाइने ६५ हजारको कोटामा यो बर्षदेखि अमेरिकन डिग्री होल्डरले समेत सहभागिता जनाउन पाउनेछन् । त्यसमा नछानिएको खण्डमा उनीहरुले अमेरिकन डिग्री होल्डरका लागि तय भएको २० हजारको कोटामा सहभागिता जनाउन पाउनेछन् ।