नेपाली नयाँ बर्षको स्वागतमा सान फ्रान्सिस्कोमा क्रुज पार्टी


प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार

यहि नेपाली नया वर्ष २०७६ को उपलक्ष्यमा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को सहरमा नेपाली समुदायमाझ पहिलो पटक प्रोजेक्ट इन्टरटेन्मेन्ट गु्रपको तयारीमा नयाँ वर्ष साँझ क्रूज पार्टी सम्पन्न भएको छ ।

आयोजकहरु उद्धब केसी र हरि ओझाका अनुसार क्रूज पार्टी शनिबार बेलुका ७ : ३० बजे देखि मध्यरात १२ : ३० बजे सम्म चलेको थियो । क्रूज पार्टी अल्मेन्दा हार्वरबाट सुरु भइ संसारकै लोकप्रिय पर्यटकीय स्थल हरु गोल्डेन गेट ब्रिज, बे ब्रीज, एटीएन्टी पार्क लगायत परिक्रमा गरेर पुन अल्मेन्दा हार्वरमा आएर नेपाली नयाँ वर्ष मनाउदै समापन गरिएको थियो ।

कार्यक्रममा स्यानफ्रान्सिस्कोवासी नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका अन्य आकर्षणमा लाइभ म्युजिक, डिजे गाला डिनर, ओपेन बार रहेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com