श्रीलंकामा भएको बिष्फोटमा २ सयको मृत्यु, ४५० घाइते, अमेरिकन सहित १४ विदेशीको मृत्यु


प्रकाशित मिति : बैशाख ८, २०७६ आईतबार

श्रीलंकाका चर्च र होटलमा भएको आत्मघाती हमलामा मृत्यु हुनेको संख्या कम्तीमा २ सय पुगेको छ । आक्रमणमा कम्तीमा चारसय ५० जना घाइते भएका छन् । घटनामा कैयन अमेरिकनको समेत मृत्यु भएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कसैले पनि घटनाको जिम्मेबारी लिएको छैन । तर घटनामा संलग्न भएको आशंकामा तीनजनालाई गिरफ्तार गरिएको छ भने चारजनासँग सोधपुछ गरिएको प्रहरीले जनाएको छ । घटनामा तीनजना प्रहरीहरुको पनि मृत्यु भएको छ ।

विहान झण्डै पौने नौ बजे कोलम्बो, नेगोम्बो र बाटिकालोआमा तीनवटा चर्चमा बिष्फोट गराइएको थियो । आक्रमणकारीले तीनवटा होटल र बैंकट हलमा पनि बम हमला गरेका थिए । आठौं बिष्फोट सिटीमा रहेको फ्लाइओभर मुनीको घरमा भएको थियो ।

विहान पौने ९ बजेदेखि साढे ९ बजेसम्म आत्मघाती हमलाकारीहरुले आक्रमण गरेका थिए । बौद्धधर्मालम्बीहरुको बाहुल्य रहेको श्रीलंकामा हिन्दु, मुस्लिम र क्रिस्चियन समेत रहदै आएका छन् । मृत्यु हुने विदेशीहरुमा २ जना अमेरिकार बेलायतको दोहोरो नागरिकता भएका सहित ५ जना बेलायतीहरु, ३ जना भारतीय, २ जना चिनिया, २ जना टर्किस, १ जना डच र एकजना पोर्चुगिज रहेको पुष्टी भएको छ ।   अरु ९ जना विदेशीहरु हराइरहेका छन् भने थप २५ मृत शरीर पनि विदेशीहरुको रहेको जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com