नेपाली चेली मिरा राईले जितिन् ‘टप शाहसी बर्ष’ व्यक्तिको उपाधी
प्रकाशित मिति : माघ १४, २०७३ शुक्रबार
विश्वचर्चित नेशनल जोग्राफिकको बर्षका साहसीहरुको प्रतिस्पर्धा नेपाली चेली मिरा राईले जितेकी छिन् ।
भोजपुरमा जन्मिएकी मिरा राई १२ वर्षको उमेरमा स्कूल छोड्न बाध्य भएकी थिइन् भने १४ वर्षको उमेरमा माओवादी छापामार बनेकी थिइन् । माओवादी मूलधारको राजनीतिमा आएपछि उनी ‘अयोग्य लडाकू’ घोषित भएकी उनी अहिले संसारकै प्रतिष्ठित अल्ट्रा म्याराथन रनर बनेकी छिन् ।
नेसनल ज्योग्राफिकले राईसहित १० जनालाई एड्भेन्चर अफ द इयर छानेको थियो । त्यसपछि नेशनल जोग्राफिकले एकजना सबैभन्दा प्रेरक व्यक्ति भोटमार्फत छान्न अनुरोध गरेको थियो । १० जनामध्येबाट राई टप एड्भेन्चर अफ द इयर भएकी हुन् ।
कैयौं अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेकी उनी अहिले नेपाली महिलाहरूलाई अल्ट्रा म्याराथन दौडमा आफूभन्दा पनि माथि पुराउने परोपकारी अभियानमा जुटेकी छिन् ।
संसारभर नेपालको शान राख्दै दौडिरहेकी मिरा राईलाई जिताउन फेसबुकमा अभियान नै चलाइएको थियो ।