डोनाल्ड ट्रम्पको आज जन्मदिन, ७३ बर्षमा प्रवेश
प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजबाट ७३ बर्षमा प्रवेश गरेका छन् । सन् १९४६ मा जन्मिएका ट्रम्प राष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेका सबैभन्दा धेरै उमेरका राष्ट्रपति समेत हुन् ।
ट्रम्पले ७० बर्ष २२० दिनको हुँदा राष्ट्रपतिका रुपमा सपथग्रहण गरेका थिए । यसअगाडि राष्ट्रपति रोनाल्ड रेगनले ६९ बर्ष ३४९ दिनको हुँदा सपथ ग्रहण गरेका थिए ।
राष्ट्रपति ट्रम्पले दोश्रो कार्यकालमा पनि निर्वाचित भएर कार्यभार पूरा गरेमा उनी सबैभन्दा धेरै उमेरका राष्ट्रपतिका रुपमा आफ्नो कार्यभार पूरा गर्नेछन् । रोनाल्ड रेगनले राष्ट्रपतिको कार्यभार पूरा गर्दा ७७ बर्ष ३४९ दिनका थिए ।
अहिलेसम्म सबैभन्दा धेरै बाँचेका अमेरिकी राष्ट्रपति जिम्मी कार्टर हुन् । उनी आगामी अक्टोबरमा ९५ बर्षका हुनेछन् ।