दोश्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गर्दै ट्रम्प, हेर्नुहोस् लाइभ भिडियो


प्रकाशित मिति : असार ३, २०७६ मंगलबार

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोश्रो कार्यकालका लागि उम्मेदवारीको घोषणा गर्दैछन् । फ्लोरिडामा आयोजित कार्यक्रममा उनले सन् २०२० को राष्ट्रपतीय चुनावका लागि उम्मेदवारी घोषणा गर्दैछन् ।

उनको चुनावी सम्बोधन लाइभ हेर्नुहोला ।

यसअघि वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपति चुनाव पनि जित्ने अधिकांश अमेरिकीहरुले प्रक्षेपण गरेका छन् । एसएसआरएसले संचालन गरेको सीएनएएन पोल अनुशार ५४ प्रतिशत अमेरिकनहरुले डोनाल्ड ट्रम्पको जित निश्चित भएको अनुमान गरेका छन् ।

a४१ प्रतिशतलेमात्र डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव हार्नसक्ने अनुमान गरेका छन् । रोचक त के छ भने बराक ओबामाको दोश्रो कार्यकालको बेलामा भन्दा पनि धेरै अमेरिकनहरुले ट्रम्पले दोश्रो कार्यकाल जित्ने अनुमान गरेका छन् । सन् २०११ को सर्वेक्षणमा ५० प्रतिशतले मात्र ओबामाले दोश्रो कार्यकाल जित्ने अनुमान गरेका थिए ।

अध्यागमनको क्षेत्रमा पनि ४१ प्रतिशत अमेरिकनले ट्रम्पलाई स्वीकृत गरेका छन् भने ५४ प्रतिशले अस्वीकृत गरेका छन् । सीएनएनको उक्त सर्वेक्षण मे २८ देखि ३१ सम्म गरिएको थियो । जसमा १००६ जनाले ल्याण्डलाइन र सेलफोनमार्फत आफ्नो मत जाहेर गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com