सत्ताको आडमा जनता कुट्दै, जनप्रतिनिधि
प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार
जनकपुधाम उपमहानगपालिका वाडा नम्बर १७ का वाड अध्यक्ष परमेश्वर यादबको निर्देशनमा बाटो बनाउन माग गर्दै आन्दोलन गरेको युवाहरुलाई कुटेका छन् ।
जनकपुर उपमहानगरपालिका वाडा नम्बर १७ बस्ने केहि युवाहरु बाढिको कारणले बाटोबाट आबतजावत बन्द भएपछि बाटो खुलाउन माँग गर्न गएपछि तत्कालिन संघिय समाजबादि फोरम नेपालबाट निर्वाचित प्रदेश शभा सदस्य रामअशिस यादब र वाडा अध्यक्ष परमेश्वर यादबको निर्देशनमा आफुहरुलाइ केहि उन्का लठैतहरुले माओबादी भन्दै कुटेको स्थानिय राजिव मंडलले आरोप लगाए ।
उनले भने सत्ताको बलमा कहिले मन्त्रिले सचिव कुट्छन् त कहिले प्रदेश सभा सदस्य र वडा अध्यक्षको निर्देशनमा जनता कुटिनु दुखद कुरा रहेको बताए ।
यस्ता वडा परमेश्वर साहले आक्रोशित युवाहरुले वर्षाको पानीले बिग्रेको बाटो नबनाएको भन्दै नारा जुलूस गर्दै वडा कार्यालय पुगेर आक्रमण गरेकाले अवस्था नियन्त्रण गर्न खोज्दा यस्तो अवस्था सिर्जना भएको बताए । घाईते युवाहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ भने घाइते मध्ये जितेन्द्र मुखियाको टाउकोमा गंभीर चोट लागेको छ ।