पशुबलि रोक्ने फैसलाको स्वागत : रोकिएला गढीमाई मेलामा पशुबलि ?


प्रकाशित मिति : श्रावण २६, २०७३ बुधबार

 

श्री कृष्ण प्रणामी युवा परिषद्ले सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा हुने पशुबलि रोक्नका लागि सरकारका नाममा जारी गरेको निर्देशनात्मक आदेशको स्वागत गरेको छ ।

परिषद्दले आज एक विज्ञप्ति जारी गरी धर्मका नाममा गढीमाई मन्दिरमा हुने लाखौँ पशुबलिबाट राष्ट्रिय÷अन्तर्राष्ट्रिय पर्यटकको आवागमनमा कमी आउने र वातावरणसमेत प्रदूषित भई विभिन्न रोग फैलने हुँदा पशबलि रोक्न अदालतलले दिएको आदेश स्वागतयोग्य रहेको जनाएको छ ।

कुप्रथाको रुपमा रहेको पशुबलि रोक्ने अदालतको आदेशमा परिषद्लगायत अन्य २४ वटा सामाजिक सङ्घसंस्थालेसमेत ऐक्यबद्धता जनाएका छन् ।

यही साउन २० गते सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने क्रुर व्यवहार रोक्नका लागि उचित काम गर्न निर्देशनात्मक आदेश दिएको थियो । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com