चेस बैंकबाट ग्राहकको क्रेडिट कार्डको सबै ऋण मिनाहा
प्रकाशित मिति : श्रावण २८, २०७६ मंगलबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2019/08/IMG_3498.jpg?fit=1242%2C685&ssl=1)
अमेरिकन बैंक चेसले क्यानेडियन क्रेडिट कार्ड मार्केटमा क्रेडिट कार्ड लिएका सबै ग्राहकहरुको ऋण मिनाहा गरिदिएको छ । चेस बैंकले क्यानडाको बजारबाट बाहिर निस्कने निर्णय अनुशार गतबर्ष क्यानडाका सबै क्रेडिट कार्डका खाताहरु बन्द गरेको थियो ।
क्रेडिट कार्डको सबै ऋण मिनाहा भएपछि ग्राहकहरु खुशी भएका छन् । चेस बैंकले क्यानडामा झण्डै १३ बर्षसम्म काम गरेको थियो । दुईप्रकारका भिसा कार्ड लिएका क्यानेडियन ग्राहकले अब बैंकलाई तिर्न बाँकी रकम तिर्न नपर्ने भएको छ ।
आफ्नो ऋण मिनाहा भएकोमा ग्राहकहरु अविश्वासका साथ सामाजिक सञ्जालमा रमाइरहेका छन् । आफूले तिर्न बाँकी रहेको हजारौं डलर तिर्न नपर्ने भएपछि उनीहरुले यसबारे सामाजिक सञ्जालमा पोष्ट गरेका हुन् । कम्पनीले भने कतिजना ग्राहकले रकम तिर्न बाँकी थियो भन्नेबारे केही बताएको छैन ।