अमेरिकी विमानस्थलमा चेकजाँचका क्रममा दुब्र्यबहार गरे अदालत जान पाइने


प्रकाशित मिति : भाद्र १५, २०७६ आईतबार

अमेरिकी विमानस्थलमा यातायात सुरक्षा प्रशासन टीएसएका अधिकारीहरुले चेकजाँचका क्रममा यात्रुहरुलाई दुब्र्यबहार गरेमा अदालतमा मुद्दा दायर गर्न पाइने भएको छ । खासगरी अमेरिकाबाट विमान चढ्ने बेलामा टीएसएका अधिकारीहरुले ह्याण्डक्यारी र यात्रुहरुको चेकजाँच गर्ने गर्छन् ।

अमेरिकाको नाइन्थ सर्किट कोर्टले गरेको फैसलाले पहिलेको रुलिंग र टीएसएका जाँचकर्ताबारेको पुरानो नियमलाई उल्टाइदिएको हो । अदालतले टीएसएका अधिकारीहरु केबल यात्रु र यात्रुका झोलाहरु जाँच गर्ने जाँचकर्ताहरुमात्र रहेको स्पष्ट पारेको छ ।

यात्रुहरुले स्वीकृति जनाइसकेको हुने भएकाले विमानस्थलमा हुने चेकजाँच अन्य खानतलासीको तुलनामा फरक रहेको सरकारको तर्कलाई पनि अदालतले अस्वीकार गरेको छ । तर अदालतले अधिकांश टीएसएका जाँचकर्ताहरुले पेशागत मर्यादाभित्रै रहेर चेकजाँच गरिरहेको जनाएको छ ।

अमेरिकी न्याय मन्त्रालय सर्किट कोर्टको फैसलाबिरुद्ध सर्बोच्चमा जानसक्ने सम्भावना रहेको छ । तर यसबारे न्याय मन्त्रालयले केही बताएको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com