मेकअप मार्फत धुमपानबिरुद्ध जनचेतना
प्रकाशित मिति : भाद्र २१, २०७६ शनिबार
मेकअप आर्टिस्ट रिजन मगरले धुमपानबिरुद्ध जनचेतना जगाउन फरकखालको मेकअप गरेका छन् । उनले आफ्नो मेकअपमा चुरोट नै मान्छेलाई पोलिरहेको देखाएका छन् । आफूसँग नभएको चिजका लागि दुखी भएर क्षणिक खुशीका लागि चुरोट पिउनु समस्याको समाधान नभएको सन्देश दिनका लागि आफूले यस्तो मेकअप गरेको उनले जनाएका छन् । उनको मेकअप सांकेतिक खालको रहेको छ ।