अमेरिकाको न्युयोर्कस्थित एलेक्जेन्ड्रिया नजिकै विश्वकै सबैभन्दा सानो टापु पर्यटकिय स्थलमा परिणत……
प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार
एजेन्सी/ विश्वका दुई हजारभन्दा बढी टापुहरुमध्ये अमेरिकाको न्युयोर्कस्थित एलेक्जेन्ड्रिया नजिकै एउटा सानो टापु छ । जुन विश्वकै सबैभन्दा सानो टापुको रुपमा प्रख्यात छ ।
वश्वकै सानो जस्ट रुम इनफ नामक यो टापुको आकार मात्र एउटा टेनिस कोर्ट बराबर छ । यो टापुमा केवल एउटा घर र एउटा रुख छ । घरको एउटा कुनाबाट सुरु भएर अर्को कुनासम्म मात्रै फैलिएको यो टापु विश्वका दुई हजारभन्दा धेरै टापुहरु मध्येमा पर्दछ । तीन हजार तीन सय वर्गफिटमा फैलिएको यो टापु सानो आकारको टापुको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।
यसअघि बिशप रकलाई विश्वको सबैभन्दा सानो टापु मानिन्थ्यो । तर विशप रक भन्दा जस्ट रुम इनफ आधाले सानो छ । सन् १९५० मा एक परिवारले टापु किनेर त्यसमा घर बनाएर रुख रोपेका थिए । उक्त परिवारले छुट्टीको समय बिताउन खरीद गरेको यो टापु अहिले गिनिज बुकमा मात्र परेको छैन पर्यटकीय स्थल समेत बनेको छ ।