नियमित योग गर्नुका फाइदा !
प्रकाशित मिति : आश्विन १८, २०७६ शनिबार
व्यस्त जीवनशैली, अस्वस्थकर खाना र व्यायाम नहुँदा दैनिक अनेकन रोगका बिरामीको संख्या बढ्दो छ । दैनिक ३० मिनेटमात्रै योग गर्ने हो भने जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिने विभिन्न अध्ययन अनुसन्धानले औंल्याइसकेको छ ।
योगले शरीरमा पुर्याउँने फाइदाहरु
— शरीरका रक्तसंचार प्रणालीलाई व्यवस्थित गर्छ ।
— मुटु र रगतका नलीलाई सफा गर्ने काम गर्छ ।
—पाचन क्षमता बढाउँछ ।
— शरीरमा धेरै क्यालोरी छ भने योग गर्दा घट्छ ।
—शरीरको जोर्नीहरुलाई खुकुलो बनाउँछ । जसले गर्दा शरीरमा यूरिकेसिड, बाथजस्ता रोगहरुलाई नियन्त्रण गर्छ । समग्रमा भन्नु पर्दा रोग नलाग्नको लागि योगले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । शरीरलाई स्वास्थ राख्न र आयू लम्ब्याउने काम योगले गर्छ ।
— मस्तिष्कलाई सफा बनाउँने काम गर्छ । मन स्वास्थ भएको खण्डमा हरेक कुराहरु सकारात्मक रुपमा अगाडि बढ्छ ।