जापानमा भीषणा वर्षासँगै ठूलो आँधी, १० जनाकाे मृत्यु !
प्रकाशित मिति : आश्विन २६, २०७६ आईतबार
जापानमा भीषणा वर्षा र आँधीका कारणा कम्तीमा १० जनाको ज्यान गएको छ । समाचार एजेन्सीहरूका अनुसार, जापानमा ६० वर्षयताकै ठूलो आँधी आएकाे हाे ।
मुसलधारे पानीका कारण आएको बाढी र पहिरोले समेत देशका अधिकांस स्थानको जनजीवन प्रभावित बनाएको छ । यसमा करिब अढाइ दर्जन मानिस हराइरहेका छन् ।
हगिबिस नामक साे आँधी अहिले उत्तरतिर बढिरहेको छ र समुद्रतिरै फर्कने ठानिएको छ । आँधीले स्थानीय समयअनुसार शनिबार साँझ ७ बजे जापानी तटलाई हानेको थियो ।
बिबिसीका अनुसार साे आँधी जापानको मुख्य भूभागतर्फ २२५ किमि प्रति घण्टाको दरमा अगाडि बढेको छ । २ लाख ७० हजार घरहरूमा बिजुली बत्ती बन्द भएकाे छ । सत्तरी लाख भन्दा बढी मानिसलाई भयानक बाढी र पहिरोको चेतावनीका बीच घर छोड्न चेतावनी दिइएकाे छ । तर ५० हजार मात्र सुरक्षित शिविरमा बसेका छन् ।
त्यहाँका शहरहरू, नगरहरू र गाउँहरूमा अभूतपूर्व रूपको भीषण वर्षा भएकाे छ । जेएमएले शनिवार दिउँसोदेखि आइतवारसम्ममा टोक्यो क्षेत्रमा आधा मीटर पानी पर्ने चेतावनी दिएको छ ।