अमेरिकामा विद्युतीय चुरोट प्रयोगकर्ता १३ जना अस्पतालमा भर्ना,आधाआइसियुमा


प्रकाशित मिति : आश्विन २७, २०७६ सोमबार

सिन्ह्वा/ अमेरिकामा विद्युतीय चुरोट तथा अन्य धुमपानका कारण १३ सय जना विरामी भएर अस्पताल भर्ना भएका छन् । विरामी भएका मध्ये आधा विरामीलाई अति सघन कक्ष आइसियुमा राखेर उपचार गराइएको अधिकारीहरुले जनाएका छन् ।

यही समस्या कारण पछिल्लो सयममा मात्रै २६ जनाको मृत्यु भइसकेको अमेरिकाको केन्द्रीय प्रकोप नियन्त्रण तथा उद्धार केन्द्रले जनाएको छ ।

केन्द्रका उप निर्देशक अन्ने स्चुचान्तले शुक्रबार दिएको जानकारी अनुसार विरामी मध्ये ५ सय ७३ जनालाई विद्युतीय चुरोटका कारण लाग्ने रोग लागेको छ ।

अमेरिकी खाद्य तथा औषधी प्रशासन एपडीएले गरेको सर्वेक्षणमा दैनिक विद्युतीय चुरोटका प्रयोगकर्ताहरुको संख्या ठूलो रहेको देखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com