न्युयोर्कको ब्रुकलिनमा प्रहरीमाथि आक्रमण, आक्रमणकारीको मृत्यु, प्रहरी कोमामा


प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार

शुक्रबार राती न्युयोर्कको ब्रुकलिनमा भएको एउटा घटनामा न्युयोर्क प्रहरीका एकजना अधिकारी गम्भिर घाइते भएका छन् । उनको कोमामा उपचार भइरहेको छ । घटनामा अर्का एकजना प्रहरी घाइते भएका छन् ।

गोल्डमाइन नेल्सभित्र छिरेका व्यक्तिले स्टोरमा पिसाव गरेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पिसाव गर्ने व्यक्ति विरुद्ध पहिले नै पक्राउ आदेश रहेको थाहा पाएपछि उक्त व्यक्तिलाई पक्राउ गर्न खोजेका थिए ।

उक्त व्यक्तिले प्रहरीसँग प्रतिवाद गरेको थियो । लगत्तै अर्को एकजना व्यक्ति बाहिरबाट छिरेर प्रहरीमाथि आक्रमण गरेको थियो । प्रहरीमाथि उक्त व्यक्तिले धातुको कुर्चीले टाउकोमा हानेको थियो ।

लगत्तै प्रहरीले ६ राउण्ड गोली चलाउँदा आक्रमणकारीको मृत्यु भएको छ भने घाइते प्रहरीको कोमामा उपचार भइरहेको छ । स्टोरभित्र पिसाव गर्ने व्यक्तिलाई प्रहरीले हिराशतमा लिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com