यो थियो बग्दादादीलाई लखेटेको कुकुर
प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट प्रमुख अबु बकर अल–बग्दादीलाई गुफाभित्र खेद्न महत्वपूर्ण भूमिका खेलेको सैन्य कुकुरको तस्बिर सार्वजनिक गरेका छन्। सैन्य कारबाहीमा कुकुरहरूले बगदादीलाई लखेटेका थिए ।
कुकुरको तस्वीर सार्वजनिक गरेपनि नामभने नखुलाइएको ट्रम्पले जनाएका छन् ।
अमेरिकी जनरल मार्क मिलेले पनि कुकुरबारे सूचना दिदै नाम नखुलाउने बताएका थिए । कुकुर अहिले पनि मैदानमै रहेको आफ्नो ड्युटी पूरा गरिरहेकाले कुकुरको नाम, तस्बिर वा अरू कुनै सूचना दिन नसकिने मिलेले बताएका थिए ।
We have declassified a picture of the wonderful dog (name not declassified) that did such a GREAT JOB in capturing and killing the Leader of ISIS, Abu Bakr al-Baghdadi! pic.twitter.com/PDMx9nZWvw
— Donald J. Trump (@realDonaldTrump) October 28, 2019
उक्त कुकुरको नाम कोनान भएको केही संचारमाध्यमको दावी छ । कुकुरको ‘नाम भन्दा कुकुर स्याहार्ने व्यक्तिको परिचय खुल्ने र त्यो परिचय खुल्नेबित्तिकै बग्दादीविरुद्ध कारबाही गर्ने सैन्य युनिट पनि सार्वजनिक हुने भएकाले कुकुरको नाम गोप्य राखिएको जनाइएको छ ।
यो कारबाहीमा प्रयोग भएको कुकुरलाई कुनै चोटपटक लागेकोबारे जानकारी प्राप्त भएको छैन। ह्वाइट हाउस र अमेरिकी रक्षा विभागले कुकुर कुन जातको थियो भन्ने खुलाएका छैनन्।
बग्दादीविरुद्धको कारबाहीमा कुकुरको योगदानलाई साहसी भन्दै प्रशंसा गरेका ट्रम्पले बग्दादीको मृत्युलाई पनि कुकुरसँग जोड्दै बग्दादी कुकुरझैं मरेको बताएका थिए ।