लस एन्जलसमा होमलेस संकट, १ बर्षमा गुमाए १०४७ होमलेसले ज्यान


प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार

अमेरिकाको लस एन्जलसमा बढ्दो मँहगी, उच्च भाडादर, स्थीर तलब, सस्तो घरबासको कमी लगायतका समस्याका कारण मान्छेहरु होमलेस हुने संख्या बढ्दा एकखालको संकट उत्पन्न भएको छ । यस्ता समस्याका कारण हजारौं मान्छेहरु होमलेस भइरहेको जनाइएको छ ।

यो बर्षमात्र लस एन्जलसमा ५८ हजार ९ सयले घरवारविहिनताको सामना गरिरहेको रिपोर्टले देखाएको छ । हरेक दिन १३३ जनालाई आवास प्रदान गरिएको छ भने घरबारविहिनहुने नयाँको संख्या हरेक दिन १५० को दरमा रहेको छ ।

गतबर्ष १ हजार ४७ जना होमलेसले लस एन्जलसमामात्र ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ । जुन सन् २०१३ को तुलनामा दोब्बरले बढी हो । यो बर्ष पनि ज्यान गुमाउने होमलेसको संख्या १ हजार भन्दा धेरै हुने तथ्यांकहरुले देखाएका छन् ।

अधिकांशको मृत्युको कारण मदिरा र लागुऔषधको अत्याधिक सेवन रहेको जनाइएको छ । सन् २०१६ देखि सन् २०१८ को तुलना गर्दा ओभरडोजका कारण मृत्यु हुने दर अन्यको तुलनामा होमलेसहरुमा २६ गुणा बढी रहेको छ ।

मृत्युको कारण मुटुरोग, गाडीको ठक्कर, हत्या र आत्महत्या रहेका छन् । रिपोर्ट अनुशार अन्यको तुलनामा होमलेसहरुको मृत्यु २२ बर्ष अगाडि नै हुने गरेको छ ।

लस एन्जलस काउन्टीमा मात्र घरबारविहिनहरुको संख्या यो बर्ष बढेर ६० हजार पुगेको जनाइएको छ । जुन गतबर्षको तुलनामा १२ प्रतिशतले बढी हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com