अमेरिकामा आजको रात १३ घण्टाको हुने, १ घण्टा समय थपिदै, घडी मिलाउन सल्लाह
प्रकाशित मिति : कार्तिक १६, २०७६ शनिबार
अमेरिकामा आजको रात १३ घण्टाको हुनेछ । किनभने डेलाइट सेभिङ टाइम आज राती सकिने भएको छ । जस अन्तरगत आज राती १ बजेर ५९ मिनेट गइसकेपछि २ बज्नुपर्नेमा पुन १ बज्नेछ ।
बेलुका १० बजेदेखि ६ बजेसम्म सुत्ने तालिका बनाएकाहरुले ८ घण्टाको साटो थप १ घण्टा अर्थात् ९ घण्टा सुत्न पाउनेछन् । रातीमा काम गर्नेहरुले भने ८ घण्टाको साटो ९ घण्टा काम गर्नुपर्नेछ ।
१ घण्टा समय पछाडि फर्किने भएकाले माइक्रोवेभ, हातेघडी, भित्तेघडी, ओभन जस्ता चिजहरुमा घडी एकघण्टा पछाडि सार्नुपर्नेछ भने मोबाइल, ल्यापटप जस्ता इन्टरनेट कनेक्ट हुने डिभाइसहरुमा घडी आफै १ घण्टा पछाडि सर्नेछ ।
आगामी मार्च ८ मा भने १२ बजेपछि १ बज्नुपर्नेमा एकैपटक २ बज्नेछ । अर्थात् राती १० बजे सुतेकाहरुले ६ बजे उठ्दा ८ घण्टाको साटो ७ घण्टामात्रै सुत्न पाउनेछन् ।