१५ लाख वर्ष पुरानो बरफको अध्ययन हुने, पृथ्वीकाे इतिहास पत्ता लाग्ने वैज्ञानिककाे विश्वास
प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार
वैज्ञानिकहरूले अन्टार्कटिकामा रहेको करिब १५ लाख वर्ष पुरानो बरफको मद्दतबाट पृथ्वीको इतिहासबारे पत्ता लगाएका छन् । उनीहरूले लाखौँ वर्ष पहिलेको बरफ जाँच गरी त्यस समयको जलवायुबारे जानकारी लिएका हुन् ।
वैज्ञानिकले सोमबार अन्टार्कटिका महादेशको बरफमा तीन किलोमिटरसम्म ‘ड्रिल’ गरी अध्ययन गरेको जानकारी दिएका थिए । हिमनदीविज्ञ टास वैन ओमेनले भने, ‘हामी केही वर्षदेखि जलवायु विज्ञानमा ठूलो समस्याको समाधान गर्ने विषयमा सक्षम भएका छौँ । हामीले जुन बरफको अध्ययन गरिरहेका छौँ, त्यो करिव १५ लाख वर्ष पुरानो हो ।’
वैज्ञानिकहरूले आगामी दुई वर्षपछि सन् २०२१ देखि ड्रिल काम सुरू गर्ने जनाएका छन् । जसका लागि स्टेनलेस स्टिल, आल्यूमिनियम, कास्य तथा टाइटेनियम गर्ने जनाएका छन् । जसले माइनस ५५ डिग्री सेल्सियस तापमानमा पनि काम गर्न सकिन्छ ।
ड्रिल गर्नका लागि अन्तर्राष्ट्रिय तथा अस्ट्रेलियाली कम्पनीले काम गर्ने भएको छ । वैज्ञानिकले पुरानो बरफमा ड्रिल गर्न कठिनाई हुने उल्लेख गरेका छन् । ड्रिलिङ्गको काम करिब चार वर्ष लाग्ने वैज्ञानिकहरूले जनाएका छन् ।