डिसेम्बर १४ पछि न्युयोर्कमा कागजपत्रविहिनलाई पनि ड्राइभर लाइसेन्स


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

न्युयोर्क राज्यमा कागजपत्रविहिनहरुलाई पनि ड्राइभर लाइसेन्स दिने राज्यका नीतिमा रोक लगाउन अदालतमा दायर गरिएको मुद्दा न्यायाधिसले आज खारेज गरिदिएकी छिन् । मुद्दाको खारेजीपछि कागजपत्रविहिनलाई लाइसेन्स दिनमा रोक लगाउने प्रयास असफल भएको छ ।

रोचेस्टरकी संघीय न्यायाधिस एलिजाबेथ वेलफोर्डले ३२ पृष्ठ लामो निर्णयमा उनले कागजपत्रविहिनलाई ड्राइभर लाइसेन्स दिंदा कानुन कार्यान्वयनमा कुनै असर नपर्ने ठहर गरेकी थिइन् । गत जुनमा न्युयोर्क राज्यमा कागजपत्रविहिनले पनि लाइसेन्स पाउनसक्ने नियम पारित भएको थियो ।

गत जुन १७ मा न्युयोर्क राज्यको तल्लो सदनले पारित गरेको कागजपत्रविहिनलाई पनि लाइसेन्स प्रदान गर्ने नियमन सिनेटबाट पनि पारित भएको थियो । डेमोक्रेटिक गभर्नर एन्ड्रयु कुमोले समर्थन गरेको यो विधयेक डेमोक्रेटिक बहुमत रहेको राज्यको सिनेटबाट पारित भएको हो ।

यो विधयेकले न्युयोर्क राज्यमा जुनसुकै अध्यागमन स्टाटस भएको आप्रवासीले पनि ड्राइभर लाइसेन्स पाउने प्रावधानलाई ब्यूताएको छ । यस्तो प्रावधान न्युयोर्कमा सन् २००१ भन्दा अगाडि विद्यमान थियो ।

अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेकाहरुलाई १२ वटा राज्यले ड्राइभर लाइसेन्स प्रदान गर्दै आएकोमा न्युयोर्क १३ औं राज्य हो । ड्राइभर लाइसेन्स एक्सेस एण्ड प्राइभेसी एक्ट अर्थात् ग्रिन लाइट न्युयोर्क नामको उक्त विधेयक पारित भएपछि अब न्युयोर्कमा ड्राइभर लाइसेन्सका लागि सोसल सेक्युरिटी नम्बर नचाहिने भएको छ ।

अब न्युयोर्कमा जो सुकैले पनि गैर ब्यापारिक ड्राइभर लाइसेन्स, लर्नर परमिट वा स्टेट आइडी प्राप्त गर्न सक्नेछन् । कागजत्रपविहिनहरुले न्युयोर्कमा डिसेम्बर १४ पछि ड्राइभर लाइसेन्स पाउनेछन् ।

विधेयकको पूर्ण पाठ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com