अमेरिकनले गाईको दुध पिउन कम गरेपछि ठूलोमध्येको दुग्धकम्पनी टाट
प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार
अमेरिकनले गाईको दुध पिउन कम गरेपनि अमेरिकाको ठूलो मध्येको एउटा दुग्धकम्पनीले आफू टाट पल्टेको जनाएको छ । डिन फुड नामको उक्त दुग्ध उत्पादक कम्पनीले दिवालियापन फाइल गरेको छ ।
९४ बर्ष पुरानो उक्त कम्पनीले केहीबर्ष यता निकै संघर्ष गर्नुपरेको थियो । डिन फुडले गतबर्ष स्टक मार्केटमा पनि ८० प्रतिशत गुमाएको थियो भने निकै चर्को घाटा बेहोरिरहेको छ । उक्त कम्पनीले अर्गानिक भ्याली, डेरी पियोर, ल्याण्ड ओ लेक लगायतका दुधहरु उत्पादन गर्दै आएको छ ।
मंगलरबार उक्त कम्पनीले च्याप्टर ११ दिवालियापन फाइल गरेको जनाइएको छ । कम्पनीले अमेरिकाका किसानहरुसँग सम्भावित सम्झौताका लागि काम गरिरहेको जनाएको छ । दिवालियापन फाइल गर्ने क्रममा कम्पनीले पुराना ऋणदाताबाट वित्तमा ८५० मिलियन सुरक्षित गरेको छ ।
विश्व बजारमा यो बर्ष दुधको विकल्पमा १८ बिलियनको कारोबार हुने अपेक्षा गरिएको छ । परम्परागत दुध भने यो बर्ष १२० बिलियनको कारोबार हुने अपेक्षा छ । विश्वबजारमा अहिले गाईको दुधको विकल्पमा ओट मिल्क, सोया मिल्क लगायतका उत्पादनहरु बढ्दै गएका छन् ।