किन गुल्मी, पाल्पा र अर्घाखाँची जाँदैछन् पूर्वराजा ज्ञानेन्द्र ? मंसिर १५ गते भैरहवा


प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा जाने भएका छन् । केही दिनको निजी भ्रमणमा उनी पश्चिम नेपालका जिल्लाहरुमा जान लागेको जनाइएको छ ।

निजी भ्रमणको सिलसिलामा उनी मंसिर १५ गते भैरहवा जाने भएका छन् । पूर्वराजा ज्ञानेन्द्र नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मीलगायत जिल्लामा पुग्नेछन्।

भ्रमणका क्रममा उनले गुल्मीको रिणीमा मन्दिरमा दर्शन गर्नेछन् भने अर्घाखाँची सुपा देउराली पनि पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

पाल्पा भगवती लगायतका अन्य मठ मन्दिरमा पनि दर्शन गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा मठ मन्दिरको दर्शनसँगै स्थानीय जनतासँग भलाकुसारीसमेत गर्ने समेत जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com