रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको लागि औपचारिक निम्ता


प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको लागि औपचारिक निम्ता दिइएको छ । रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुसी समकक्षी सेर्गेइ लाभ्रोभमार्फत राष्ट्रपति विद्या भण्डारीले पुटिनलाई पठाएको निम्तोपत्र हस्तान्तरण गरेका हुन् ।

सोमबार मस्कोमा भएको भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवलाई निम्तो हस्तान्तरण गरेका छन् ।

दुई देशका परराष्ट्रमन्त्रीस्तरको द्धिपक्षीय वार्तामा नेपाल रुस सम्बन्ध विस्तार तथा आपसी हित वृद्धि गर्ने सन्दर्भमा छलफल भएको छ । वार्तामा दुई देशबीच सहयोगका थप क्षेत्रबारे पनि छलफल भएको थियो ।

हालै चीनका राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपाल रुसका राष्ट्रपतिको भ्रमणका लागि उत्साहित देखिएको हो । विश्वका शक्तिशाली नेताहरुलाई आतीथ्यता प्रदान गर्न नेपालले सुरक्षाका दृष्टिकोणले सक्षमता पुष्टी गरिसकेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com