भारतले नेपाललाई पाकिस्तानको जस्तै व्यवहार गरेको कांग्रेसका सभापति देउवाको भनाई


प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपाललाई पाकिस्तानको जस्तै व्यवहार गरेको बताउनुभएको छ ।

कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उहाँले बताउनुभयो । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भन्नुभयो , कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर उनीहरुले मानेका हुन् । अहिले अचानक जम्मू कश्मीर हाल्यो, नेपालको पनि हालिदियो ।

पाकिस्तान र नेपाललाई बराबर जस्तो गरिदियो नि ।’ त्यही कारण आफूहरुले प्रधानमन्त्री ओलीलाई अगाडि बढ्नुस्, हामी साथमा छौं भनेको उहाले बताउनुभयो । कांग्रेस सभापति देउवाले भन्नुभयो , ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो जमिन हो । तर सरकारले हाम्रो अतिक्रमित भूमि फिर्ता गराउन कूटनीतिक पहल गरेको छैन ।’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मङगलबार सुनसरीको धरानमा उपनिर्वाचनका लागि आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्वीर : रोशन सापकोटा

देउवाले लिपुलेक र कालापानी नेपालको भूमि भएकाले यसलाई फिर्ता गर्न सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले लिपुलेक र कालापानी नेपालकै भएकाले यसलाई छाड्न नसकिने उल्लेख गर्नुभयो । सभापति देउवाले संवैधानिक परिषद्लाई शाही आयोगजस्तो बन्न नदिन सरकार गम्भीर हुनुपर्ने भन्दै सरकार संविधान विरोधी बन्न नहुने तर्क गर्नुभयो ।

उहाँले सरकारले महँगी नियन्त्रण गर्न नसकेको र भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाउनुभयो । अहिले भइरहेको उपनिर्वाचनमा काँग्रेसको पक्षमा जनमत देखिएको सभापति देउवाको भनाइ थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com