राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर सामाजिक सञ्जालमा हाल्ने युवा पक्राउ


प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको तस्बीर जोडेर सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्तिजनक र अनर्गल प्रचार गर्ने एक जना पक्राउ परेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबारे अपशब्दसहित तस्बीर जोडेर अतिरञ्जित प्रचार गर्ने आकाशसिंह ठकुरीलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको हो ।

कैलाली प्रहरीले पक्राउ गरेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले काठमाडैं ल्याएको छ ।

ठकुरीविरुद्ध विद्युतीय कारोबार ऐन–२०७३ अन्तर्गत कारबारही अघि बढाइएको सीआईबी प्रमुख डीआईजी निरज शाहीले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com