थवाङ वडाध्यक्षमा सत्तारुढ नेकपा विजयी, विप्लवबाट बहिस्कार, १२८४ मतदातामा २०९ मत खस्यो


प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चुनाव जितेको रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेकपा विजयी भएको छ । वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेकपा विजयी भएको हो ।

थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएपछि यहाँ उपचुनाव भएको हो । अघिल्लो चुनावमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बुढा स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेका थिए ।

शनिबार सम्पन्न उपचुनावमा नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका छन् । यो वडामा कुल मतदाता १२८४ थिए । तर,२०९ मत मात्रै खसेको छ । उनले १७४ मत प्राप्त गरेका छन् ।

बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएका थिए भने नेत्रविक्रम चन्द समूहका पूर्व वडाध्यक्ष फर्कबहादुरको निधनपछि वडा सदस्य भद्र झाँक्रीले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए ।

यसपटकको चुनाव विप्लव समूहले बहिस्कार गर्दा १२ सय मतदाता भएका ठाउँमा १७४ मत ल्याउने नेकपाका जनकबहादुर विजयी भए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com