भैरहवामा यसरी गरियो पूर्वराजाको स्वागत, झण्डै एकसाता बस्ने (भिडियो समेत)


प्रकाशित मिति : मंसिर १५, २०७६ आईतबार

झण्डै एकसाताको भ्रमणका लागि भैरहवा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ । उनले रुपन्देही, पाल्पा, कपिलवस्तु र नवलपरासीका विभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्नेछन् ।

पूर्वराजा शाहलाई स्वागत गर्न विमानस्थलमा ठूलो संख्यामा उनका समर्थकहरु पुगेका थिए । उनीहरुले राजतन्त्र फर्कनुपर्ने नाराबाजीका साथ पूर्वराजाको स्वागत गरे । चोकचोकमा जम्मा भएका समर्थकहरुलाई भेट्दै उनी बस्ने होटलतर्फ लागेका थिए ।

भैरहवाको पाँच तारे होटल टाईगर रिसोर्टमा बसेर विभिन्न स्थान घुम्ने योजना रहेको जनाइएको छ । उनले पर्रोहा बोलबम धाम, मर्चवारी देवी, पाल्पाको भगवती मन्दिर, कपिलवस्तुको गोरुसिंगेस्थित पशुपति केन्द्र, र नवलपरासीको पाल्ही भगवतीको दर्शन गर्ने जनाइएको छ । उनी आइतबार काठमाण्डौं फर्कने कार्यक्रम छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com