देशभर चिसो बढ्यो


प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार

पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाड र हिमालमा हिमपात भएसँगै देशभर चिसो बढ्को छ । शुक्रबार दिनभर उपत्यका र पहाडी भेगमा मौसम बदली भइ पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ । पश्चिमी वायुको निम्न चापीय प्रणालीको प्रभावले मौसम बदली भएको महाशाखाले जनाएको छ । पश्चिमी उच्च पहाडी र हिमाली भेगमा भने आज पनि धेरै हिउँ पर्ने र मध्य तथा पूर्वका उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम खालको हिमपात हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी भेगमा हावाहुरी पनि आउने सम्भावना छ ।

यस्तै शनिबार र आइतबार पनि केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहे पनि भारी हिमपात भने नहुने महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ । यसैबीच मौसम बद्ली भएर देशका विभिन्न ठाउँमा पानी पर्ने र हिमपात भए पनि न्यूनतम तापक्रम भने खासै घटेको छैन । केही ठाउँको न्यूनतम तापक्रम झनै बढेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com