छिमेकीको हत्या गरेको अभियोगमा युवक पक्राउ


प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार

सोलुखुम्बुमा आफ्नै छिमेकीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले शुक्रबार बिहान एक युवालाई पक्राउ गरेको छ ।

दुधकोसी गाउँपालिका-३ बस्ने २६ वर्षीय डाकमान कार्की पक्राउ परेका हुन् ।

कार्कीले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय पविधान राईको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।

कार्कीलाई नियन्त्रणमा राखेर यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com