सिद्धबाबालाई थप तीन दिन हिरासतमा राख्न अनुमति


प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार

बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा कृष्णबहादुर गिरीलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रहरीले अनुसन्धानका लागि १० दिनको समय माग गरेको भए पनि अदालतले तीन दिनमात्रै समय उपलब्ध गराएको हो । यसअघि अदालतले अनुसन्धानका लागि सिद्धबाबालाई सात दिन र चार दिनको समय दिएको थियो ।

म्याद थप पछि गिरीलाई पुनः अस्पताल नै लगिएको छ । गिरी मुटुमा समस्या रहेको भन्दै अस्पतालमा उपचार गराइरहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com