कारको ठक्करबाट साइकल यात्रीको मृत्यु


प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार

पश्चिम नवलपरासीको सुन्दरबस्तीस्थित महेन्द्र राजमार्गमा कारको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

सुनवल नगरपालिका-१३ सुन्दरबस्तीस्थित महेन्द्र राजमार्गमा बा.१३ च ७४८८ नम्बरको कारले बिहीबार राति साइकललाई ठक्करदिँदा सन्तपुर बस्ने २८ वर्षीय रमेश शाहीको मृत्यु भएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका शाहीको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com