धनुषामा बम विष्फोट, प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु


प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार

धनुषामा शुक्रबार राति बम विष्फोट भएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-५ को महेन्द्रनगर बजारमा भएको बमबिस्फोटमा परी इलाका प्रहरी कार्यालय, महेन्द्रनगरका प्रहरी निरीक्षकसहित तीनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा प्रहरी निरीक्षक अमिरकुमार दाहाल, राजेश साह र उनका छोरा आनन्द साह रहेका छन्। प्रहरी जवान रिजन महतोसहित अन्य दुईजना घाइते छन्।राजेशको घर अगाडि अज्ञात समूहले राखेको बम शुक्रबार राति करिब करिब साढे ११ बजे विष्फोट भएको धनुषा प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com