आजपनि नेकपाको सचिवालय बैठक स्थगित


प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार ३ बजे पार्टी कार्यालय धुम्बाराहीमाबस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची सहितका विषयमा छलफल गर्न हिजो शुक्रबार समेत बैठक बोलाइएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिवेदन लेखनमा व्यस्त भएपछि हिजो बस्ने भनिएको बैठक आज शनिबारसम्म स्थगित गरिएको थियो । नेताहरुको कार्यव्यस्तताका कारण सचिवालय बैठक स्थगित भएको बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com