अत्याधिक एयर फ्रेसनर प्रयोग गर्दा कारमा बिष्फोट


प्रकाशित मिति : मंसिर ३०, २०७६ सोमबार

बेलायतको हेलिफ्याक्समा एकजना व्यक्तिको कारमा बिष्फोटको कारण एयर फ्रेसनर बनेको छ । ती व्यक्तिले अत्याधिक एयर फ्रेसनर प्रयोग गरेका कारण कारमा बिष्फोटको अवस्था आएको छ ।

ती व्यक्तिले एयर फ्रेसनर छर्केपछि गाडीभित्र लाइटर बालेर चुरोट सल्काउने प्रयास गरेका थिए । तर चुरोट होइन सिंगै कार सल्कियो । ती व्यक्ति मुस्किलले बच्न सफल भए ।

प्रहरीका अनुशार शनिबार भएको घटनामा ती व्यक्ति भने सामान्य घाइते भएका छन् । दिउसो तीनबजे उक्त बिष्फोटको घटना लगत्तै अग्नीनियन्त्रकहरु घटनास्थलमा पुगेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com