विद्या भट्टराईले आज पद तथा गोपनीयताको सपथ लिने


प्रकाशित मिति : पुस १, २०७६ मंगलबार

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनीयताको सपथ लिने भएकी छिन्। सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे सपथ ग्रहण गराउने संसद सचिवालयले जनाएको छ।

मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की-२ बाट भट्टराई विजयी भएकी थिइन्। उनले ८ हजार ४ सय तीन मतअन्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई पराजित गर्दै जीत हात पारेकी थिइन्।

विद्याले उपनिर्वाचनमा २४ हजार तीन सय ९४ मतसहित विजयी भएकी थिइन्। उनका प्रतिद्वन्द्वी अधिकारीले १५ हजार ९ सय ९१ मत ल्याएर पराजित भएका थिए।

तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदका लागि कास्की २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले रविन्द्रकी पत्‍नी विद्यालाई उम्मेदवार बनाएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com