कुशे गाउँपालिकाद्धारा अपाङ्ग बालबालिकाका लागि शिविर सञ्चालन


प्रकाशित मिति : पुस १, २०७६ मंगलबार

जाजरकोटको कुशे गाउँपालिकामा अपाङ्गता भएका बालबालिकाहरुका लागी घुम्ती शिविर सञ्चालन गरिएको छ । कुशे गाउँपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा पहाडी क्षेत्र विकास अभियान जाजरकोटको सामाजिक परिचालनमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा शारिरिक रुपले अपाङ्ग बालबालिकाहरुको स्वास्थ्य परिक्षण, अपाङ्ग पहिचान तथा परिचयपत्र वितरण गर्न निशुल्क घुम्ती शिविर संचालन गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

शिविरमा १ सय ३९ जना बालक र १ सय ९ जना बालिकाहरुले भाग लिएका थिए । शिविरबाट ‘क’ बर्गको अपाङ्गता परिचयपत्र लिनमा १ जना, ‘ख’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा १४, ‘ग’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा १६ जना र ‘घ’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा २२ जना गरि जम्मा ५३ जनाले अपाङ्गता परिचयपत्र पाएका छ्न भने, ८ जनाले सहायक सामाग्री पाएका छ्न ।

नेपाल समाज कल्याण संघको सहयोगमा सञ्चालन भएको शिविरमा १८ बर्ष मुनिका २ सय ४८ जना अपाङ्ग बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको र ५८ जनालाई बाहिर रिफर गरिएको गाउँपालिकाले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com