भरतमोहन अधिकारी फाउण्डेशनले मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिदिने


प्रकाशित मिति : पुस ५, २०७६ शनिबार

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले भक्तपुरको सूर्यबिनायक नगरपालिका रानीकोटमा शनिबार निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

भक्तपुर सामुदायिक स्वास्थ्य केन्द्र र माट्रिका आई सेन्टरको प्राविधिक सहयोगमा फाउण्डेशनद्वारा आयोजित शिविरबाट भक्तपुरका साथै रानीकोटसँगै सीमा जोडिएका काभ्रे र ललितपुरका करिब १ सय ५० जना आँखाका बिरामीले सेवा लिए ।

त्यस क्रममा विशेषज्ञ चिकित्सक टोलीले निःशुल्क आँखा जाँच गर्नुका साथै चश्मा र औषधि वितरण गरेको स्वर्गीय भरतमोहन अधिकारी पुत्री एवं फाउण्डेशनकी सदस्य लीमा अधिकारीले जानकारी दिइन् ।  चेकजाँचका क्रममा मोतियाबिन्दु प्रमाणित भएका ३० जनाको फाउण्डेशनले आगामी एक साताभित्रै निःशुल्क शल्यक्रिया गरिदिने भएको छ ।

कार्यक्रममा बोल्दै फाउण्डेशनका उपाध्यक्ष एवं नेकपा नेता सोमप्रसाद पाण्डेले राजनीतिक जीवनमा गरेका सराहनीय कामका कारण भरतमोहन अधिकारीलाई नेपाली समाजले कहिल्यै बिर्सन नसक्ने बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com