न्युयोर्कको क्वीन्समा पोखरीमा जमेको बरफमाथि हिड्न खोज्दा २ बालक पानीमा


प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार

न्युयोर्कको क्वीन्समा पोखरीको सतहमा जमेको बरफमाथि हिड्न खोज्दा दुईजना बालकहरू पानीमा खसेका छन् । क्रिसमसको दिनमा दिउसो ३ बजे फरेस्ट पार्कमा रहेको पोखरीमा जमेको बरफमाथि उनीहरू हिड्न खोज्दा बरफ फुटेर पानीमा खसेका थिए ।

९ र १२ बर्षका दुई बालकहरू पोखरीमा खसेपछि उनीहरुको उद्दारमा अर्का बालकले सहयोग गरेका थिए । उनीहरूलाई जमैका मेडिकल सेन्टरमा लगिएको थियो ।

प्रहरी त्यहाँ पुग्दा उनीहरू पोखरीबाट बाहिर निस्किसकेका थिए । पोखरीको किनारमा चिसोले कापिरहेको अवस्थामा उनीहरूलाई उद्दार गरिएको थियो ।

पोखरीमा जमेको बरफ अत्यन्तै पातलो रहेको जनाईएको छ । पोखरीहरूमा जमेको बरफमाथि नहिड्न प्रहरीले चेतावनी दिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com